काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२५ चैत्र २०८२
काठमाडौँ सुन्धारा क्षेत्रमा गुडेका सवारीसाधन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सरकारले यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले बढाएको छ। बढेको गाडी भाडा विद्युतीय सवारीसाधन (ईभी) का हकमा भने लागु हुनेछैन।

सरकारको निर्णयअनुसार यातायात व्यवस्था विभागले बुधबार गाडीभाडा बढाएको हो। जसअनुसार यात्रुवाहक सवारीसाधनमा १६.७१ प्रतिशत भाडा समायोजन गरिएको छ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशत भाडा समायोजन गरिएको छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिंह राईले भाडा समायोजनका विषयमा मन्त्रालयबाट स्वीकृत प्राप्त भएकाले सहमतिका आधारमा भाडा समायोजन गरिएको बताए। विभागले विभिन्न १३ सूचकलाई आधार मानेर भाडा बढाएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासंघको अनुरोधमा सरकारले सार्वजनिक र मालवाहक सवारीसाधनको भाडा समायोजन गरेको जानकारी दिए।

नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा प्रभाव पर्न सक्ने देखिएको छ।

भाडा समायोजन गर्दा इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मानिएको छ। छोटो दूरीको हकमा भने प्रदेश सरकारले भाडा दर तोक्नेछ।
हेर्नुहोस् कहाँ जान कति लाग्छ भाडा?