काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२५ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। गायिका तथा संगीतकार लक्ष्मी हमालको गीत ‘लडेर उठन…” को म्युजिक भिडियो सार्वजनिक भएको छ।

म्युजिक भिडियोमा अभिनय गरेकी मल्लिका राजोपाध्यायको युट्यव च्यानल मल्लिका अफिसियलमार्फत ‘लडेर उठन…’ सार्वजनिक गरिएको हो।

गोपाल योञ्जनका पुत्र निर्माण योञ्जनको शब्द तथा संगीत रहेको सोलो गीतको म्युजिक भिडियो निर्माण गरेकी गायिका तथा संगीतकार लक्ष्मीले हालै मात्र ‘जिन्दगीको गोरेटो…’ सार्वजनिक गरेकी थिइन्।

‘लडेर उठन…’को म्युजिक भिडियोमा विक्रम बुढाथोकी र मल्लिका राजोपाध्याय फिचर्ड छन्। भिडियो निर्देशन बबिता श्रेष्ठले गरेकी छन्।