चलचित्र
पर्दामा आमाछोरी, हरि लम्सालको निर्देशन
काठमाडौँ। अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी सुहाना पहिलोपटक एउटै चलचित्रमा देखिने भएका छन्। संगीतकारका रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बा : एक योद्धा’मा झरना र सुहाना आमा-छोरीको मुख्य भूमिका रहनेछन्।
विगत दुई सातादेखि छायांकन भइरहेको चलचित्रको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो। यतिबेला काठमाडौँका विभिन्न स्थानमा चलचित्रको छायांकन भइरहेको छ। झरना-सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन्।
ग्रामीण परिवेशदेखि सहरी समाजसम्मका एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारी र भावनात्मक सम्बन्धको कथालाई यो चलचित्रले पर्दामा उतार्ने लक्ष्य राखेको छ। चलचित्रका निर्माता वसन्त लम्साल हुन्।