काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२७ चैत्र २०८२
अ+
अ-

दमक । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३ औं साधारण सभा तथा नवौ अधिवेशनले आज उप्रेतीलाई अध्यक्ष निर्विरोध निर्वाचत गरेको हो । मञ्चको कार्यसमितिको उपाध्यक्षमा दिनेश दंगाल ,सचिवमा चिरञ्जीवी घिमिरे,सहसचिवमा केदारबाबु पौडेल र कोषध्यक्षमा मिना विश्वकर्मालाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिको प्रमुख राम योङहाङले जानकारी दिए ।

यसै गरी कार्यसमिति सदस्यहरुमा चन्द्रमान राई,पवन प्रसाद निरौला,निशेष राई, सजल राई र ज्ञानु केदेमलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

कुनैबेला झापाको पत्रकारिता विर्तामोड केन्द्रित भएका बेला दमकलाई कार्यथलो बनाएर पत्रकारहरुले यो संस्था स्थापना गरेका थिए । पश्चिम झापा,दक्षिण इलाम र पूर्वी मोरङका पत्रकारहरु समेत मञ्चमा आवद्ध थिए । त्यसबेला दमकबाट प्रकाशन हुने साप्ताहिक जनज्योतीका सम्पादक गञ्जबहादुर दाहालको नेतृत्वमा सुरु गरिएको मञ्च २०६६ साल असार ३ गते चेतन अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको हो ।