काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पाँच किलोमिटरको फरकमा हेलिप्याड स्टेसन राख्न निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय चितवनको कुरिनटारको अवलोकनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
निरीक्षणमा सशस्त्र प्रहरी अधिकारीहरूसँगै चितवन जिल्लाका प्रजिअ गणेश अर्याल र सशस्त्र प्रहरीका एसएसपी भरत खनियासँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोख्रेल, जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी र ट्राफिक प्रहरी उपरीक्षक दिल्लीनारायण पाण्डे सहभागी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।