काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष हुने टिप्पणी गरेका छन्।
उनले नयाँ वर्षको शुभकामना सन्देशमा सांकेतिक हिसाबले यो वर्ष खिल निकाल्ने वर्ष भएकाले मज्जाले दुख्ने र सहने शक्त्ति हुनु पर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस्। हाम्रो तार्फबाट धेरै शुभकामना ।’