काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

३ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। ट्याक्टरको ठक्करबाट कैलालीमा एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-५ की ६ वर्षीया बालिका भएको प्रहरीले जनाएको छ‍।

बुधबार राति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले बालिकालाई ठक्कर दिएपछि गम्भिर घाइते भएकी उनलाई उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका-५ का ३७ वर्षीय राम बहादुर चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।