काठमाडौँ। आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख शुक्ल पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि । मंगलचौथी व्रत, छन्द दिवस, आद्यगुरु शंकराचार्य जयन्ती रश्री मच्छिन्द्रनाथ रथ यात्रा प्रारम्भ । तदनुसार सन् २०२६ अप्रिल २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: मन प्रसन्न रहने छ, काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र विषयमा रुचि बढ्न सक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्न सक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ ।
बृष: स्वास्थ्यस्थितमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा वृद्धि हुने दिन हो । ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमन्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ ।
मिथुन: बुद्धिको सही प्रयोग गर्न सके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, अप्रतिस्पर्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । इच्छा पूरा हुने दिन हो, बहस र विवादमा पकड भएको समय छ, तर शत्रु एवं प्रतिस्पर्धी बलिया देखिन्छन् ।
कर्कट: महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठिक हुन्छ ।
सिंह: व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्य योजनाका साथमा अघि बढ्नु जायज हुन्छ । सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहु प्रतीक्षित आकाङ्क्षाले पूर्णता पाउने समय हो ।
कन्या: कार्यक्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने समय हो, नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमा समेत फाइदा लिन सकिने छ । सुख एवं समृद्धिमा वृद्धि हुनेछ, । आर्थिक लगानीको समय छ, सञ्चारमाध्यमबाट शुभ सन्देश आउनेछ ।
तुला: अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको वृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् ।
बृश्चिक: इच्छा पूरा हुने दिन हो, विशिष्ट व्यक्तित्व वा विद्वान् गुरुसित मित्रता र भेटघाट हुने समय हो । घरमा अभिभावकसित सम्पर्क गरी भलाकुसारी गरेको जाती हुन्छ । तरल पदार्थको कारोबार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।
धनु: आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोबारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । सुख सुविधा वा सजावटका सामान वा भाँडाकुँडा खरिद गर्न अनुकूल समय छ, तर घर व्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ ।
मकर: इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । सानो मिहिनेतले मान सम्मान बढ्नुका साथै ठुलाबडाको सद्भाव प्राप्त हुनेछ । सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनै कुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ ।
कुम्भ: हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । काम विशेषले देश परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्न सक्छ ।
मीन: सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूर्ण काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ । भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।