काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। आज २०८३ साल जेठ १२ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२६ मे २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:

मेष: अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ। धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ। बन्धुबान्धव वा दाजुभाइका काममा सहयोग गरिने छ। स्वास्थ्यमा मौसमी प्रभाव पर्नसक्छ, ख्याल राख्नुपर्छ।

बृष: राम्रो/नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ। वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन।

मिथुन: व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ।

कर्कट: दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ। पतिपतगबिीचको सम्बन्धमा तितोपन देखिने छ। आर्थिक सङ्कटले सताउन सक्छ। बन्दव्यापारमा मन्दी छाउने छ। समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन्।

सिंह: मन फुरुङ्ग हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ ।

कन्या: धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ ।

तुला: अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

बृश्चिक: बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ ।

धनु: बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । मानप्रतिष्ठा र उन्नति÷प्रगतिका लागि दौडधूप गरिने छ ।

मकर: सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ: मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

मीन: कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।