काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ मे २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:

मेष: आजको दिन बौद्धिक कार्यमा सफलता मिल्नेछ। विद्यार्थी वर्गका लागि नयाँ कुरा सिक्ने राम्रो अवसर छ। व्यापारमा सामान्य फाइदा हुनेछ। पुराना मित्रसँगको भेटले मन प्रसन्न रहनेछ। सन्तानको तर्फबाट सुखद समाचार प्राप्त हुन सक्छ।

वृष: आज पारिवारिक कलह वा विवाद बढ्न सक्ने भएकाले संयम रहनुहोला। सवारी साधन चलाउँदा सावधानी अपनाउनु आवश्यक छ। छाती वा पेट सम्बन्धी सामान्य समस्याले सताउन सक्छ। घरजग्गाको कारोबारमा हतार नगर्नुहोला।

मिथुन: तपाईँको पराक्रम र साहसको कदर हुनेछ। दाजुभाइ वा नजिकका साथीभाइबाट सहयोग मिल्नेछ। छोटो दूरीको लाभदायक यात्राको योग छ। नयाँ योजनाहरू कार्यान्वयन गर्न आजको दिन उत्तम रहनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ।

कर्कट: आर्थिक लाभ हुने र धन संचय बढ्ने समय छ। बोलीमा मिठास आउनेछ जसले गर्दा रोकिएका काम बन्नेछन्। परिवारमा कुनै उत्सव वा मांगलिक कार्यको योजना बन्न सक्छ। मिठाई वा स्वादिष्ट भोजनको आनन्द लिनुहुनेछ।

सिंह: आज तपाईँको व्यक्तित्वमा निखार आउनेछ। अधुरा रहेका कामहरू आफ्नै प्रयासमा सफल हुनेछन्। नयाँ लुगाफाटा वा उपहार प्राप्तिको योग छ। मानसिक रूपमा शान्ति र शारीरिक रूपमा स्फूर्ति महसुस गर्नुहुनेछ।

कन्या: अनावश्यक खर्च बढ्नाले आर्थिक तनाव हुन सक्छ। कामको सिलसिलामा लामो दूरीको यात्रा गर्नुपर्ने हुन सक्छ, तर यात्रामा सावधानी अपनाउनुहोला। आँखामा केही समस्या देखिन सक्छ। विवादबाट टाढै रहनु राम्रो हुनेछ।

तुला: आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछन्। रोकिएको धन फिर्ता हुन सक्छ। दाजु वा माथिल्लो अधिकारीको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ र साथीभाइको साथ पाइनेछ।

वृश्चिक: कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। नयाँ रोजगारी वा पदोन्नतिको अवसर मिल्न सक्छ। सरकारी काममा सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा लागेकाहरूका लागि मान९सम्मान मिल्ने समय छ।

धनु: भाग्यले पूर्ण साथ दिनेछ। रोकिएका कामहरू ईश्वरीय कृपा वा गुरुको सल्लाहले पुरा हुनेछन्। वैदेशिक क्षेत्रको लगानीबाट लाभ मिल्नेछ। धार्मिक र परोपकारी कार्यमा मन जानेछ। लामो दूरीको सुखद यात्राको सम्भावना छ।

मकर: आज स्वास्थ्यमा प्रतिकूलता देखिन सक्छ, खानपान र आराममा ध्यान दिनुहोला। अचानक आइपर्ने समस्याले मन विचलित हुन सक्छ। जोखिमपूर्ण काममा लगानी नगर्नुहोला। गोप्य कुराहरू सुरक्षित राख्नु नै हितकारी हुनेछ।

कुम्भ: जीवनसाथीको सहयोगले नयाँ उचाइ हासिल हुनेछ। व्यापारिक साझेदारीबाट राम्रो मुनाफा मिल्नेछ। छोटो तर उपलब्धिमूलक यात्रा हुनेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ र मन प्रसन्न रहनेछ।

मीन: आज शत्रुमाथि विजय प्राप्त गर्ने दिन हो। मुद्दा९मामिलामा तपाईँकै जीत हुनेछ। रोकिएका कामहरूमा गति आउनेछ। स्वास्थ्यमा सुधार आउनेछ र पुराना रोगहरूबाट मुक्ति मिल्न सक्छ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्नुहुनेछ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।