काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ बैशाख २०८३
सुदन किराती/ फाइल फोटो
अ+
अ-

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सुदन किरातीले पार्टी छाडेको घोषणा गरेका छन्।

बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी छाड‍ेकाे जानकारी गराएका छन्। ‘प्रलोपाकोसाधारण सदस्यसमेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु’, उनले लेखेका छन्।

यसअघि चैतमा उनले प्रलोपाको अध्यक्ष परिषद्‌बाट राजीनामा दिएका थिए। तत्काली नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राम कार्कीसँगै किरातीले पनि पार्टी छाडेका थिए।

पछि उनीहरूले बाबुराम भट्टराईलगायतसँग मिलेर प्रलोपा बनाएर चुनावमा गए पनि लज्जास्पद हार बेहोरेका थिए। पार्टीले हार बेहोरेसँगै प्रलोपा छाड्नेहरू बढिरहेका छन्।

किरातीले प्रलोपासँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएका छन्।