काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१० बैशाख २०८३
अ+
अ-

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका इरान युद्धमा केन्द्रित भए पनि युक्रेनलाई बिर्सन नहुने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले इरानको युद्धले रूसले आफ्नो देशमाथि गरेको आक्रमणबाट ध्यान हटाएको टिप्प्णी गरेका छन् ।

उनले सीएनएनसँगको वार्तामा युक्रेनमा लडाइँ अन्त्य गर्ने प्रयास इरानको संघर्ष समाप्त नहुँदासम्म पुनः सुरु गर्न सकिँदैन भन्ने सोच ‘ठूलो जोखिम’ भएको पनि बताएका छन् । किभस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति जेलेन्स्कीले संयुक्त राज्य अमेरिकासँग प्राविधिक वार्ताहरू भइरहे पनि इरानको मुद्दा समाप्त नहुँदासम्म भेटघाटको अवसर नदेखिएको बताएका छन् ।
जेलेन्स्कीले अमेरिकी दूत स्टिभ विस्कोफ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर नेतृत्वको एउटै टोलीले इरान र युक्रेन दुबै युद्धसम्बन्धी वार्ता गरिरहनु चुनौती समेत भएको बताएका छन् । उनले भने, अमेरिका हाल इरानसँगको युद्धमा केन्द्रित भए पनि युक्रेनलाई बिर्सनु हुँदैन, जहाँ अझै लडाइँ जारी छ ।’ उनले भनेका छन्, ‘हामी युक्रेनबारे पछि कुरा गरौंला भन्ने विकल्प छैन ।

‘युक्रेन ‘पछि’ होइन । युक्रेन पहिले नै ठूलो विपत्तिमा छ, त्यसैले यसलाई समानान्तर रूपमा समाधान गर्ने उपाय खोज्नु पर्छ ।’ जेलेन्स्कीले इरान युद्धका कारण युक्रेनका लागि आवश्यक केही महत्वपूर्ण हतियारको आपूर्ति प्रभावित भएको समेत बताएका छन् । उनका अनुसार विशेष गरी एन्टी–ब्यालिस्टिक क्षेप्यास्त्रहरू, जसको आपूर्ति अमेरिकाको सीमित उत्पादन क्षमताका कारण पर्याप्त मात्रामा हुन सकेको छैन ।