काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

१३ बैशाख २०८३
अ+
अ-

जकार्ता। इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक घटनाहरू बढ्दै गएको देखिएको छ।

फेब्रुअरीमा सुमात्रा टापुमा अभियन्ता मोहम्मद रोसिदीमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले कारको झ्यालबाट एसिड फ्याँकेपछि उनी गम्भीर रूपमा घाइते भएका थिए।

एसिडले उनका हात, खुट्टा र शरीरका विभिन्न भागमा जलन र चोट पु¥याएको थियो । उन का अनुसार आक्रमण निकै पीडादायी थियो र उहाँ तत्कालै एसिड भएको बुझिसकेका थिए।

उनले यो आक्रमण अवैध खानी र तस्करीविरुद्धको आफ्नो अभियानसँग सम्बन्धित हुन सक्ने आशङ्का गरेका छन्, तर अहिलेसम्म कुनै पक्राउ भएको छैन।

यस्तै, राजधानी जाकार्तामा मानव अधिकार अभियन्ता आन्द्रिए युनुसमाथि पनि स्कुटरमा आएका व्यक्तिले एसिड फ्याँकेका थिए, जसका कारण उनको एक आँखाको दृष्टि गुम्ने खतरा रहेको छ।

मानव अधिकार संस्थाहरूले इन्डोनेसियामा सरकारको आलोचना गर्ने व्यक्तिहरूमाथि दबाब र हिंसा बढ्दै गएको बताएका छन्। अभियन्ता, पत्रकार र नागरिक समाजका व्यक्तिहरू धम्की र आक्रमणको जोखिममा परेको रिपोर्ट सार्वजनिक भएको छ ।

सरकारी पक्षले आलोचनालाई स्वीकार गर्ने र अभिव्यक्ति स्वतन्त्रता कायम रहेको दाबी गरेको जनाएको छ। तर अधिकारकर्मीहरूका अनुसार एसिड आक्रमणजस्ता घटना डर फैलाउन र आलोचकहरूलाई चुप गराउने उद्देश्यले गरिएका हुन्।

घाइते अभियन्ताहरूले कडा सुरक्षा चुनौतीका बाबजुद पनि आफ्नो अभियान जारी राख्ने बताएका छन्।