काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

सेयरबजार

कारोबार भएका सेयर संख्याका आधारमा आज प्रभु स्मार्ट फन्ड सबैभन्दा अगाडि

१६ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८१ अंकले घटेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा ०.९३ प्रतिशतले घटेको नेप्से २७४४.४५ विन्दुमा अडिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.०६ अंकले घटेर ४६४.५१ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६५ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.९२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६९ प्रतिशतले घटेको छ।

सेयरबजारमा बुधबार ३५१ कम्पनीको एक लाख चार हजार पाँचपटकको कारोबारमा एक करोड १२ लाख ३४ हजार ३६० कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार चार अर्ब ९८ करोड ६३ लाख तीन हजार ३१३ रुपैयाँको कारोबार भयो। सोमबार चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ रुपैयाँको कारोबार भएको थियो भने मंगलबार ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज ३० कम्पनीका मात्र सेयरमूल्य बढे। २३५ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा चार कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा तीन समूहका उपसूचक मात्र बढे भने बाँकी १० समूहका उपसूचक घटे।

जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.७६ प्रतिशतले घट्दा विकास बैंक समूहको सूचक ०.१४ प्रतिशतले बढ्यो। यस्तै फाइनान्स ०.६४‚ होटेल तथा पर्यटन १.६४‚ जलविद्युत् १.४५‚ लगानी ०.६६‚ जीवन बिमा ०.८४‚ उत्पादन तथा प्रशोधन २.२४ र लघुवित्त ०.५४ प्रतिशतले ओरालो लागे। यसैगरी म्युचुअल फन्ड ०.०१ प्रतिशतले बढ्यो भने निर्जीवन बिमा १.११ र अन्य समूहको उपसूचक ०.९२ प्रतिशतले घट्यो। आजको दिनमा व्यापार समूहको उपसूचक भने १.०९ प्रतिशतले बढ्यो।

नेप्सेमा बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका सेयरधनीले १३.८१ प्रतिशतले आम्दानी गरे। यसैगरी केबीएल डिबेन्चर-२०९० का लगानीकर्ताले ११.४६ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। आज रिलायन्सको २४ करोड १९ लाख ६३ हजार ११७ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज प्रभु स्मार्ट फन्ड सबैभन्दा अगाडि रह्यो। बुधबार यसको ११ लाख ४९ हजार ७९८ युनिट किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट १३.०५ रुपैयाँ कायम रह्यो।