काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर नेपाल आएका छन्।
भारतका लागि अमेरिकी राजदूतसमेत रहेका उनी बिहीबार राति ६ सदस्यीय टोलीसहित नेपाल आएका हुन्। उनी नयाँदिल्लीबाट नेपाल वायुसेवाको उडानमार्फत काठमाडौँ आएका हुन् ।
उनको भ्रमणले नेपालसँगको सम्बन्धलाई अमेरिकाले प्राथमिकतामा राखेको बुझ्न सकिन्छ। नेपालको तीनदिने बसाइका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह‚ परराष्ट्रमन्त्री शिशिर खनाल‚ अर्थमन्त्री स्वर्णिम वाग्ले लगायतसँग भेट्ने तय भएको छ।