काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको ४४औँ खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि ८ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान चेन्नाईमा भएको खेलमा मुम्बईले दिएको १६० रनको लक्ष्य चेन्नाईले ११ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।
चेन्नाईको जितमा कप्तान ऋतुराज गायकवाडले कप्तानी इनिङ खेले । उनले ४८ बलमा अविजित ६७ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । मध्यम स्कोर खडा गर्ने क्रममा मुम्बईका कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन् ।