काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। चाँदीको मूल्य भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ कायम छ। अघिल्लो कारोबार दिन (आइतबार) मा सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ कायम थियो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ३० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिनमा चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो।

*यसअघिको तथ्य फरक परेकाले सच्याइएको छ। -सम्पादक