काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेखको बढुवा भएको छ। नेपाल पुलिस क्लब क्रिकेट टोलीका कप्तान आरिफ सहायक हवल्दारमा बढुवा भएका हुन्।

प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले उनलाई बुधबार दर्ज्यानी चिह्न (फुली) प्रदान गरे।

नेपाली राष्ट्रिय टोली र नेपाल पुलिस क्लबको क्रिकेटमार्फत खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप उनी विशेष बढुवामा परेका हुन्।

पुलिस क्लबको कप्तानी सम्हालिरहेका आरिफ लामो समयदेखि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय छन्।