काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

तस्बिरहरू : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। अनवरत तत्पर फौज (एटीएफ) ले जेन-जी सहिदहरूको सम्झनामा १०८ दीप प्रज्वलन गरेको छ।

फौजले बुधबार साँझ ‘राष्ट्र शान्ति पूजा’ सँगै दीप प्रज्वलन गरेको हो।

राष्ट्रका लागि बलिदान दिने वीरहरूको उच्च सम्मान र देशमा स्थायी शान्तिको संकल्पसहित आयोजित सो कार्यक्रममा फौजका सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रममा मन्त्रोच्चारणसहित दीप प्रज्वलन गरी सहिदहरूको योगदानलाई स्मरण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले सहिदको सपना साकार पार्न र राष्ट्रिय सुरक्षा एवं शान्तिका लागि एकजुट हुनुपर्नेमा जोड दिएका थिए।