विराटनगर। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोसी प्रदेश सरकारले नेपालन्युजकर्मी गोपाल दाहालसहित आठ पत्रकारलाई पुरस्कृत गरेको छ।
विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरेको हो।
नेपालन्युजकर्मी दाहाललाई कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नगद एक लाख रुपैयाँसहित पुरस्कृत गरे।
त्यसैगरी पत्रकार विवेक गौतम, रेजिना गौतम, सिद्धराज राई, मनोज श्रेष्ठ, शेखर रेग्मी, श्यामसुन्दर सुतियार र सन्तोष रुचाललाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।