काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ।
पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गरेका हुन्।
पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरु धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली रहेका छन्।

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पुनर्गठन गरेको छ। पार्टी सभापति गगनकुमार थापाले विधानको व्यवस्थाबमोजिम नयाँ समिति गठन गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम प्राप्त अधिकार प्रयोग गरी समिति पुनर्गठन गरेका हुन्।
पुनर्गठित समितिको संयोजकमा तारामान गुरुङ छन् भने सदस्यहरूमा धना खतिवडा‚ रमेशप्रसाद धमला र बजरंग नेपाली छन्।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीभित्रको अनुशासनलाई थप सुदृढ र व्यवस्थित बनाउन यो समितिले काम गर्नेछ। पछिल्लो समय पार्टीको आन्तरिक सुदृढीकरण र अनुशासनको विषयलाई कांग्रेसले प्राथमिकता दिँदै आएको सन्दर्भमा यस पुनर्गठनलाई महत्त्वका साथ हेरिएको छ।