काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।

एन्फा महासचिव सहितको पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि तीन महिनाको निलम्बन फुकुवा गर्ने सहमति भएको हो।

राखेपले गत ११ चैतमा खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार कारबाही गर्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।

राखेपले एन्फालाई पटक-पटक दिएको निर्देशन पालना नगरेको, स्वीकृतिबिना निर्वाचन प्रक्रियाअघि बढाउन खोजेको तथा परिषद्‍बाट माग गरिएका स्पष्टीकरणहरू सन्तोषजनक नआएको आरोप लगाएको थियो।