काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला टिमको घोषणा गरेको छ।

मुख्य प्रशिक्षक नविन न्यौपानेलेगोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीङ्गा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

यसअघि बन्द प्रशिक्षणमा बोलाइएको ३५ खेलाडीबाट न्यौपानेले अन्तिम टोली छनोट गरेका हुन्।  मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनोट गरेको अन्तिम टोलीमा दुई खेलाडीले पहिलोपटक स्थान बनाएका छन्।

तीन खेलाडीले भने पुनरागमन गरेका छन्। अघिल्लो टिमबाट दुई खेलाडी भने बाहिरिएका छन्।

अन्तिम टोलीमा अनिता लम्जेल र बिर्सना चौधरीले पहिलोपटक सिनियर टिममा स्थान बनाएका हुन्।

यस्तै गीता राना, सविना चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका छन् भने टोलीका नियमीत खेलाडी सरस्वती हमाल र मनमाया दमाईं भने बाहिरिएका छन्।

भारतको गोवामा हुने साफ च्याम्पियनसिपमा नेपाल श्रीलंका र भुटान रहेको समूह ‘ए’मा छ। समूह ‘बी’मा साबिक विजेता बंगलादेश, भारत र मालदिभ्स छन्।

साफ समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल जेठ ११ गते भुटानसँग भिड्नेछ। त्यही दिन समूह ‘बी’का मालदिभ्स र भारत खेल्ने तालिका छ।

त्यस्तै जेठ १४ गते श्रीलंका र भुटान तथा बंगलादेश र मालदिभ्स खेल्नेछन्। जेठ १७ गते नेपाल र श्रीलंका तथा भारत र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्।

सेमिफाइनल खेल जेठ २० गते तथा उपाधि भिडन्त जेठ २३ गते शनिबार हुनेछन्।

२३ सदस्यी नेपाली टोली

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेण्डर : पूजा राना, गीता राना, विमला बिक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी

मिडफिल्डर : रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत,  अनिता लाम्जेल, अनिता केसी

फरवार्ड : रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मीना देउवा