काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले २४ कम्पनीलाई साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ।

बोर्डले चालु आवको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो।

बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो। त्यसको मूल्य नौ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० रुपैयाँबराबर छ। अनुमति प्राप्त गरेका कुल कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनाका मात्रै छन्।

नेपाल स्टक एक्सचेन्जमा १०३ जलविद्युत् कम्पनी सेयरमा सूचीकृत भई कारोबार भइरहेका छन्। बोर्डबाट अनुमति पाउने र अनुमतिको प्रतीक्षामा रहेका कम्पनीमा पनि जलविद्युत्‌का बढी छन्। अनुमति पाएका कम्पनीमा सातवटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन्।

विकास बैंक र होटेल एवं पर्यटन क्षेत्रका एक/एक कम्पनी छन्। बोर्डमा कुल ९८ कम्पनीले साधारण सेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन्। त्यसमा होटेल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्‌का ३२, लगानीका पाँच कम्पनी छन्। यस्तै उत्पादन तथा प्रशोधनका २६, माइक्रो इन्स्योरेन्सका तीन, अन्य समूहका १४ कम्पनी छन्।