काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

४ जेष्ठ २०८३
अ+
अ-

झापा। झापाको मेचीनगर नगरपालिका ६‚ काँकडभिट्टाबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीयलाई नियन्त्रणमा लिएको छ।

भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका भारत घर बताउने अन्दाजी ३९ वर्षीय परम पाठकलाई सुन तथा मुद्रासहित नियन्त्रणमा लिइएको हो।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्रको सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट सुन, २० हजार अमेरिकी डलर, ८५ हजार ४१० भारतीय रुपैयाँ तथा भारतीय आधार कार्ड एक थान बरामद भएको छ। साथै उनीबाट प्रहरीले दुई सेट मोबाइल‚ एक थान हार्ड डिक्स‚ एक थान बैंकको चेक‚ सातवटा सिमकार्ड पनि बरामद गरेको छ।

नियन्त्रणमा लिइएका पाठकलाई बरामद सुन तथा अन्य सामानसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ। उनी कुन प्रयोजनका लागि नेपाल प्रवेश गरेका हुन् भन्ने खुलेको छैन।