काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

४ जेष्ठ २०८३
तस्बिर : राजन काफ्ले/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

न्युयोर्क। न्युयोर्कको म्यानहट्टनमा ‘नेपाल डे परेड’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली समुदायले झाँकी, बाजागाजा र सांस्कृतिक प्रस्तुतिसहित सहरलाई नेपालीमय बनाएका थिए।

आइतबार भएको कार्यक्रममा न्युयोर्क र आसपासका राज्यबाट हजारौँ नेपाली सहभागी भएका थिए। विगत १० वर्षदेखि अमेरिकाको न्युयोर्कबाट सुरु भएको नेपाल डे परेड प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।

यो परेडको मुख्य आयोजक गैरआवासीय नेपाली संघ न्युयोर्क च्याप्टर रहँदै आएको छ।