न्यायको खोजी
रिट निवेदन दर्ता अस्वीकार गरेको विरोधमा कानुन व्यवसायीद्वारा लालटिन बालेर प्रदर्शन
काठमाडौँ। सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा कानुन व्यवसायीहरूले दिउँसै लालटिन बालेर विरोध गरेका छन्।
कानुन व्यवसायीहरूले नेपाल बार एसोसिएसन परिसरमा भेला भएर विरोध गरेका हुन्। न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भन्दै बारले विरोध गरेको जनाएको छ।
बारले अदालत प्रशासनको यस्तो कार्यले नागरिकको न्याय पाउने संवैधानिक हक कुण्ठित भएको र कानुनी शासनको उपहास भएको दाबी गरेको छ। सर्वोच्च प्रशासनले आफ्नो निर्णय नसच्याए र दर्ता प्रक्रियालाई सहज नबनाए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत कानुन व्यवसायीहरूले दिएका छन्।
