काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ मे १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:

मेष: मंगलबारको दिन तपाईँका लागि ऊर्जावान् रहनेछ। विशेष गरी सामाजिक कार्यमा रुचि बढ्नेछ। रोकिएका पुराना कामहरू सुल्झाउने अवसर प्राप्त हुनेछ। व्यापारमा सामान्य लाभ भए पनि नयाँ लगानीका लागि सोच्नुपर्ने समय छ।

वृष: आज आर्थिक लेनदेनमा अलि सजग रहनुहोला। अनावश्यक विवादले मानसिक तनाव दिन सक्छ। परिवारका सदस्यहरूसँग समय बिताउँदा मन शान्त रहनेछ। स्वास्थ्यमा हल्का कमजोरी महसुस हुन सक्छ, खानपानमा ध्यान दिनुहोस्।

मिथुन: रमाइलो यात्राको योग रहेको छ। नयाँ साथीभाइ बन्नेछन् र रमाइलो भेटघाट हुनेछ। कला, साहित्य र रचनात्मक क्षेत्रमा लाग्नुभएकाहरूका लागि आजको दिन निकै फलदायी रहनेछ। आर्थिक पक्ष सबल रहने देखिन्छ।

कर्कट: आज कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ। मिहिनेत अनुसारको फल प्राप्त हुनाले उत्साह जाग्नेछ। घरमा शुभ कार्यको चर्चा चल्न सक्छ। बोलीको प्रभावले अरूलाई आकर्षित गर्न सफल हुनुहुनेछ।

सिंह: तपाईँको आत्मविश्वासमा वृद्धि हुनेछ। कुनै नयाँ योजना सुरु गर्न चाहनुहुन्छ भने आजको दिन उपयुक्त छ। धार्मिक कार्यमा मन जानेछ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि दिन सुखद रहनेछ।

कन्या: आज केही खर्चिलो दिन हुन सक्छ। विलासिताका सामानमा धन खर्च हुने सम्भावना छ। शत्रुहरू परास्त हुनेछन् तर काममा केही ढिलासुस्ती हुन सक्छ। धैर्यताका साथ काम गर्नुहोला।

तुला: आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। साथीभाइको सहयोगले ठुलो काम बन्न सक्छ। अध्ययनमा रुचि बढ्नेछ र प्रतिस्पर्धामा विजयी हुने योग छ। वैदेशिक क्षेत्रको कामले गति लिनेछ।

वृश्चिक: मंगलबारको दिन तपाईँका लागि विशेष लाभदायक हुन सक्छ। कार्यस्थलमा पदोन्नति वा प्रशंसा मिल्ने सम्भावना छ। सरकारी काममा रहेका अड्चनहरू हट्नेछन्। परिवारको पूर्ण सहयोग मिल्नेछ।

धनु: भाग्यले साथ दिनेछ। रोकिएका कामहरू सहजै सम्पन्न हुनेछन्। टाढाको यात्रा वा धार्मिक भ्रमणको अवसर मिल्न सक्छ। मानसम्मान र प्रतिष्ठा बढ्ने समय छ।

मकर: आज स्वास्थ्यमा केही समस्या देखिन सक्छ, विशेष गरी पेट वा हड्डी सम्बन्धी। काममा सोचे जस्तो सफलता नहुँदा केही निराशा छाउन सक्छ। गोप्य शत्रुहरूबाट सावधान रहनुहोला।

कुम्भ: साझेदारीको काममा राम्रो प्रतिफल मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। अविवाहितहरूका लागि विवाहको कुरा चल्न सक्छ। व्यवसायिक यात्रा फलदायी रहने देखिन्छ।

मीन: शत्रुमाथि विजय प्राप्त हुनेछ। पुराना ऋणहरू चुक्ता गर्ने अवसर मिल्न सक्छ। मामाघर पक्षबाट सहयोग प्राप्त हुनेछ। प्रतिस्पर्धामा तपाईँको पक्ष बलियो रहनेछ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।