काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षीले प्रधानमन्त्रीको उपस्थितिलाई प्रश्न बनाएर संसद् अवरोध गरेपछि १५ मिनेटका लागि बैठक रोकेर सभामुख अर्याल प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।