लुम्बिनी। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज आइतबार दिउँसो १ बजे बस्ने भएको छ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ। बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ।
त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।