काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रेस काउन्सिलले नेपालले नयाँ दर्ता भएका अनलाइनका सम्पादक/प्रकाशकका लागि आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ।

केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ ले छापाखाता तथा प्रकाशन ऐन २०४८ मा संशोधन गरी सोहीबमोजिम छापाखाना तथा प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली २०८२ नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएपछि अनलाइन सञ्चारमाध्यम प्रेस काउन्सिलमा सूचीकरण हुनु नपर्ने भएसँगै सूचीकरण हुँदा गरिने अभिमुखीकरण हुन नसकेकामा आज (मंगलबार) उक्त अभिमुखीकरण कार्यक्रम भएको छ। यो ६५औँ अभिमुखीकरण कार्यक्रम हो।

प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालको अध्यक्षता भएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सूचना तथा प्रशारण विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य-सचिव छवीन्द्र पराजुली थिए। अभिमुखीकरणमा स्रोत व्यक्तिका रुपमा मिडिया एक्सनका लक्ष्मणदत्त पन्त र काउन्सिलका प्रवक्ता दीपक खनाल थिए।

अभिमुखीकरणमा २८ वटा मिडियाका सम्पादक र प्रकाशक गरी ३२ जनाको सहभागिता थियो।