काठमाडौँ। सामसङ नेपालले ग्राहकका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा आकर्षक छुट, एक्सचेन्ज बोनस तथा सजिलो किस्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहकले पुरानो मोबाइलको मूल्यसँगै अधिकतम आठ हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। ग्यालेक्सी एस-२६ प्लसमा २३ हजार रुपैयाँसम्म तथा अन्य मोडलहरूमा पनि विशेष छुटको व्यवस्था गरिएको छ।
यसैगरी ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा चौबीस महिनासम्मको ईएमआई सुविधा पाउनेछन्। एनसेलको बोनस डेटा अफरअन्तर्गत ग्यालेक्सी एस-२६ सिरिजमा अधिकतम १८० जीबीसम्म बोनस डेटा उपलब्ध हुने जनाइएको छ।
सामसङका अनुसार यो अफर १३ जेठदेखि १५ असारसम्म देशभरका आधिकारिक स्टोर तथा पार्टनर आउटलेटहरूमा लागू हुनेछ।