काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१५ जेष्ठ २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिएर आज स्वदेश फिर्ता भएका छन्।

रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका हुन्। उनी यही जेठ ९ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उनले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको लोकप्रियता तथा त्यसका चुनौतीबारे सम्बोधन गरेका थिए।

रसियन कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँगको भेटवार्तामा दुई देशबिचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गरेको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए।