काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१६ जेष्ठ २०८३
माधवकुमार नेपाल।
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे पार्टीभित्र गम्भीर रूपमा समीक्षा भइरहेको बताएका छन्।

काठमाडौँमा शनिबार आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलामा उनले निर्वाचनमा सरकारी निकाय र पार्टीभित्रका निकायले खेलेको भूमिकाबारे पार्टीभित्र गम्भीर रूपमा समीक्षा भइरहेको बताए।

सबैतर्फको रिपोर्ट आइसके पनि पार्टीले निर्वाचन मूल्यांकनको आधार तयार गर्ने उनले बताए। नेपालले अहिले एक वर्षभित्र पालिकामा राम्रो काम गर्न सके आउने चुनावको निम्ति वातावरण अनुकूल बन्ने सक्ने उल्लेख गरे।

उनले यसअघि बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर भएको भन्दै अब कुनै गल्ती नगरी कम्युनिस्ट एकतालाई बलियो बनाउने धारणा राखे। व्यक्तिकेन्द्रित राजनीति र सामूहिकताको भावनाको अभावलाई हटाउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ।