काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१७ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ।

डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा पीएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो।

निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो। आर्सनलका तर्फबाट पेनाल्टी सुटआउटमा इबेरेची एजी र ग्याब्रिएल गोल गर्न चुकेपछि पीएसजीले फाइदा उठाएको हो।

अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न नसकेको आर्सनल फाइनलमा पराजित भएको यो दोस्रो पटक हो। यसअघि सन् २००६ को फाइनलमा आर्सनल बार्सिलोनासँग पराजित भएको थियो।

पीएसजी भने प्रतियोगिताकै इतिहासमा रियल म्याड्रिडपछि लगातार दुई वर्ष उपाधि जित्ने पहिलो टोली बनेको छ। पीएसजीका लुइस एनरिकले प्रशिक्षकका रूपमा तेस्रो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेका हुन्।

निर्धारित समयको खेलमा आर्सनलले काइ हाभर्टेजको गोलबाट अग्रता लिएको थियो। तर, पीएसजीका ओसमन डेम्बेलेले पेनाल्टीमार्फत बराबरी गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो।