काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ जेष्ठ २०८३
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेशमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सातवटा संशोधन प्रस्ताव दर्ता भएको छ। मधेस प्रदेश सभामा आजदेखि नीति तथा कार्यक्रममा माथि छलफल हुनेछ।

मधेस प्रदेश सभाका प्रवक्ता विपिन ठाकुरले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि सातवटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए।

संशोधन प्रस्ताव दर्ता गराउनेमा पूर्व मुख्यमन्त्री एवं जसपा नेपालका लालबाबु राउत, नेकपा एमालेबाट राजकुमार लेखी, जसपा नेपालबाट अनिरध्द प्रसाद सिंह ,जनमत पार्टीका शम्भुप्रसाद साह, नेकपाबाट प्रमोद यादव, नेकपा एमालेका प्रमोद जयसवाल र जनमतका संजय कुमार यादव रहेका छन् ।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याइएको नीति तथा कार्यक्रम माथि आज देखि छलफल सुरु हुँदैछ।  जेठ १५ मा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममार्फत प्रदेशसभालाई सम्बोधन गरेकोमा आजदेखि त्यसमाथि छलफल सुरु हुन लागेको हो ।

प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको जनाएको हो ।

मधेस प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख कर्णले वाचन गरेको २७ पृष्टको नीति तथा कार्यक्रममा ‘मेड ईन मधेश, समृद्ध प्रदेश’, ‘किसानको शान, मधेशको मखान’, कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’, ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’, ‘अप्पण बच्चाके स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ’ जस्ता कयौँ नारा समावेश छ ।

नीति तथा कार्यक्रम पारित भएपछि असार १ मा मधेस सरकारले आफ्नो बजेट ल्याउने छ ।