काठमाडौँ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ।
भेटमा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलबीचको संवाद र सहकार्यका विषयमा विमर्श भएको रास्वपाले जनाएको छ।
सभापति लमिछाने भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारतको पाँचदिने भ्रमणका लागि सोमबार भारत गएका हुन्। लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वापाका सह-महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र स्वकीय सचिव प्रदीप आचार्य छन्।