काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। बितेका २४ घण्टामा एक हजार दुई हजार २ सय ९९ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २३ लाख ७१ हजार ४२ रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १ सय १९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६०, संकेत बत्ती उल्लंघनकर्ता १ सय ३४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय १८ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय १४, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय २०, एकतर्फी सडकमा सवारी चलाउने १ सय ४४ र अन्य सवारी नियम पालना नगरेका एक हजार २ सय ९६ जनालाई कारबाही गरिएको हो ।