काठमाडौँ। भन्सार छलेको आशंकामा सशस्त्र प्रहरीले ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ।
मुस्ताङ्को कोरोला नाकाबाट भित्रिएका ती विद्युतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।
जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले बताए।
गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसैगरी, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत प्रहरीले दुई वटा गाडी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका गाडी आवश्यक अनुसन्धानको भन्सारमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएक छ।