काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले सम्हालेका छन्।
गृह मन्त्रालयले गत सोमबार उनको सरुवा गरेको हो। घिमिरेले बिहीबार परिसरको नेतृत्व सम्हालेका हुन्।
काठमाडौँ परिसरका एसएसपी रमेश थापा बिहीबारदेखि नै सरुवा भएका छन्। थापाको प्रहरी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ।