काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ।
चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदै छ। सिन्धुपाल्चोकमा भने हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए।
९ जिल्लाका निर्वाचित सभापतिहरूको सूची यसप्रकार छ-
१. काठमाडौंः राजा शाक्य
२. भक्तपुरः रामेश्वर बस्नेत
३. काभ्रेपलाञ्चोकः प्रबिन ढकाल
४. सिन्धुलीः अविनाश बस्नेत
५. रामेछापः रमेश रायमाझी
६. दोलखाः दिनेश बस्नेत
७. नुवाकोटः रामेश्वर गजुरेल
८. धादिङः राजन अर्याल
९. मकवानपुरः सन्जिव पाठक