काठमाडौँ। सेफ सन्तोष साह पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई धनुषाको मिथिला थाली रामानन्द चोकबाट पक्राउ गरेको हो। गएराति उनी समातिएका हुन्।
काठमाडौँका रेष्टरेन्ट खरिद गर्दा दिइएको चेक अनादर ठगी कसुरमा साह पक्राउ परेका हुन्।
उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीको भनाइ छ।