काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीचको सम्झौता निकै नजिक पुगेको बताएका छन्।
शनिबार उनले सामाजिक सञ्जाल एक्समार्फत ‘शान्ति सम्झौताको पहिलेभन्दा धेरै नजिक पुगेको’ दाबी गरेका हुन्।
“अर्को २४ घण्टाभित्र अन्तिम रूप दिने अपेक्षा गरिएको छ, पाकिस्तानले शान्ति सम्झौताको लागि तुरुन्तै इलेक्ट्रोनिक पत्रमा हस्ताक्षरको तयारी गरिरहेको छ र त्यसपछि अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुनेछ।”,शरिफले भनेका छन्।
प्रधानमन्त्री शरीफले यो ऐतिहासिक शान्ति सम्झौताले दीर्घकालीन शान्तिको लागि बलियो आधार तयार गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
उनले भनेका छन्, ‘वार्ताका क्रममा निरन्तर सहयोगका लागि हामी अमेरिका र इरानलाई धन्यवाद दिन चाहन्छौँ। साथै, यस क्षेत्रमा रहेका आफ्ना दाजुभाइ तथा मित्र राष्ट्रहरूको समर्थनप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौँ।’
अप्रिल ८ मा भएको युद्ध विरामपछि शान्ति सम्झौताका लागि हप्तौँको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म युद्ध विराम लम्ब्याउन मात्र यो सम्झौता सहमतिको नजिक छ ।