काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारीसाधन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको राप्ती गाउँपालिकामा ट्रकको ठक्करबाट पैदलयात्री ६५ वर्षीया चुरिया चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा सख्त घाइते चौधरीको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै ललितपुर महानगरपालिका १३‚ थसिखेल चोकस्थित सडकमा आइतबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा चढेकी भक्तपुर लोकन्थलीकी २३ वर्षीया सोनु गडालको मृत्यु भएको छ। दुर्घटनामा सख्त घाइते गडालको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
दाङबाट सल्यानतर्फ जाँदै गरेको बसले सल्यानको शारदा नगरपालिका १‚ श्रीनगरस्थित सडकमा ठक्कर दिँदा पैदलयात्री छत्रेश्वरी गाउँपालिका ७ बस्ने ४६ वर्षीया उमा रेउलेको आज मृत्यु भएको छ। दुर्घटनामा सख्त घाइते रेउलेको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।