काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

३ असार २०८३
गौरी कुमारी।
अ+
अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कपडा र धागो उद्योग सञ्चालनका लागि कपासखेतीलाई पनि सँगसँगै लैजाने बताइन्।

“रुग्ण उद्योगका रुपमा रहेका हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउँछ। कपडा र धागो उद्योग तथा कपासखेती एकैसाथ अगाडि बढाउनुपर्छ। यी उद्योग यही वर्ष सञ्चालनमा आउँछन्‚” उनले भनिन्। उनले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य अघि बढिसकेको पनि जानकारी दिइन्।