६ असार २०८३
अ+
अ-

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनको तयारीसँगै चितवनको भरतपुर यतिबेला नीलो रङका ध्वजापताकाले सजिएको छ।

महाधिवेशनको मुख्य केन्द्र भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौर र आसपासका क्षेत्रमा पार्टीको चुनाव चिन्ह घण्टी अङ्कित झन्डाहरू लहरै टाँगिएका छन्।

महाधिवेशनका लागि अत्याधुनिक जर्मन प्रविधिको विशाल डोम टेन्ट निर्माण कार्य अन्तिम चरणमा पुग्दा सडक र चोकहरूमा देखिएको यो चहलपहलले भरतपुरमा महाधिवेशनको सरगर्मी बढेको देख्न सकिन्छ।