काठमाडौं। फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा पाराग्वेले पहिलो जित निकालेको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो।
पाराग्वेका लागि माटिस गालाराजाले गोल गरेका थिए। उनले ६७ सेकेन्डमा गरेको गोल हालसम्मका खेलहरूमा सबैभन्दा छिटो भएको गोल हो।
यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह ‘डी’ काे विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ।