६ असार २०८३
अ+
अ-

काठमाडौँ। युद्धविराम घोषणा भएको केही समयमै लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ। इजरायलको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।

बीबीसी फारसीका अनुसार लेबनानको सरकारी समाचार एजेन्सीले दक्षिणी लेबनानको नबातियेह क्षेत्रमा इजरायली लडाकु विमान र ड्रोनमार्फत शृंखलाबद्ध आक्रमण गरिएको जनाएको छ।

आक्रमणका क्रममा आवासीय भवन तथा घरहरू ध्वस्त भएका छन्। इजरायली सेनाले तोपखानामार्फत समेत उक्त क्षेत्रमा गोलाबारी गरेको बताइएको छ।

इजरायल र हिज्बुल्लाहबीच शुक्रबार मात्र युद्धविराम घोषणा गरिएको थियो। इरान र अमेरिकाबीच भएको सहमतिमा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख थियो।

यसअघि शुक्रबारै एक अमेरिकी अधिकारीले दक्षिणी लेबनानमा इजरायलका तीव्र हवाई आक्रमणमा ४७ जनाको मृत्यु भएपछि इजरायल र हिज्बुल्लाह युद्धविराममा सहमत भएको जानकारी दिएका थिए।

इजरायली सेनाले युद्धविरामको पुष्टि गरे पनि पछि उसका एक प्रवक्ताले ‘तत्काल देखिएका खतराहरू अन्त्य गर्न सैन्य कारबाही जारी रहने’ बताएका छन्। -बीबीसी