६ असार २०८३
माधवकुमार नेपाल।
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले राष्ट्रको हितको रक्षा गर्न सबै क्रान्तिकारी शक्तिलाई गोलबन्द गरेर अघि बढ्ने बताएका छन्।

काठमाडौँमा शनिबार पार्टीको बुद्धिजीवी भेलामा उनले राष्ट्रको हितको रक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको भन्दै यसका लागि सबै क्रान्तिकारी शक्ति गोलबन्द गरेर अघि बढ्ने धारणा राखे।

जनता, राष्ट्र, परिवर्तन रूपान्तरणको पक्षमा प्रस्ट सोचका साथ नेकपा अघि बढ्ने उनले बताए। त्यस्तै नेपालले सरकारको काम र क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढिरहेको धारणा राखे। चुनावबाट निकै ठुलो शक्ति हासिल गरेको दलको सरकार दम र अहंकारबाट प्रेरित भएको उनको भनाइ छ।

उनले ठूलो शक्ति हासिल गरेको सरकारको आलोचना गर्दा अलि बढी असहिष्णु भयो कि भन्ने आरोप लाग्ने भएकाले सरकारको सय दिन पर्खेर बसेको धारणा राखे।