काठमाडौँ। २०८३ साल असार ६ गते शनिबार। सन् २०२६ जुन २० तारिख। जेठ शुक्ल पक्षको षष्ठी तिथि। सिथि नखः र विश्व शरणार्थी दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: शनिवारको दिन भएकाले आर्थिक लेनदेन र खर्चको मामलामा अलि बढी चनाखो हुनुपर्ने देखिन्छ। कार्यक्षेत्रमा केही प्रतिस्पर्धाको सामना गर्नुपरे पनि आफ्नो क्षमता र मिहिनेतले परिस्थिति नियन्त्रणमा लिन सफल हुनुहुनेछ। पारिवारिक मामिलामा धैर्यता राख्नुहोला।
वृष: स्वास्थ्यमा सुधार आउनेछ र मनमा नयाँ उमङ्ग छाउनेछ। रोकिएका अधुरा कामहरू साथीभाइको सहयोगमा पुरा हुन सक्छन्। व्यापार(व्यवसायमा राम्रो आम्दानी हुने योग छ। पारिवारिक माहोल सुखद रहनेछ र यात्राको योजना बन्न सक्छ।
मिथुन: आजको दिन रचनात्मक र बौद्धिक कार्यमा रुचि बढ्नेछ। नयाँ ज्ञान वा सीप सिक्ने अवसर मिल्न सक्छ। बोलीको प्रभाव बढ्ने भएकालेसामाजिक र व्यावसायिक काममा फाइदा पुग्नेछ। प्रेम जीवनमा मधुरता छाउनेछ।
कर्कट: मनमा केही चञ्चलता वा अस्थिरता बढ्न सक्छ, त्यसैले महत्त्वपूर्ण निर्णयहरू लिँदा हतार नगर्नुहोला। मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। सवारी साधन चलाउँदा वा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोला।
सिंह: तपाईंको पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ। छोटो दुरीको फलदायी यात्राको सम्भावना छ। दाजुभाइ तथा सहयोगीहरूबाट राम्रो साथ(सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रतिष्ठा बढ्नेछ र नयाँ कार्यको थालनीका लागि दिन उपयुक्त छ।
कन्या: आर्थिक रूपमा आजको दिन निकै बलियो देखिन्छ। फसेको धन उठ्न सक्छ वा आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। बोलीको मिठासले अरूलाई आकर्षित गर्न सकिनेछ। पारिवारिक जमघटमा सहभागी हुने अवसर मिल्नेछ।
तुला: मानसिक रूपमा प्रसन्नता र शारीरिक रूपमा स्फूर्ति महसुस हुनेछ। मान(सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। नयाँ पहिरन वा उपहार प्राप्तिको योग छ। साझेदारीका कामहरूमा प्रगति हुनेछ र सोचेका योजनाहरू सुचारु रूपले अघि बढ्नेछन्।
वृश्चिक: यस राशि भएका व्यक्तिहरूका लागि आज खर्चको मात्रा अलि बढ्न सक्छ। आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा केही ढिलासुस्ती महसुस भए पनि साँझपख स्थितिमा सुधार आउनेछ। विवाद र अनावश्यक बहसबाट टाढै रहनु राम्रो हुनेछ।
धनु: आजको दिन आर्थिक लाभ र प्रगति दुवैका दृष्टिकोणले उत्तम छ। विभिन्न माध्यमबाट धन लाभ हुने योग छ। पुराना मित्रहरूसँगको भेटघाटले मन हर्षित हुनेछ। विशेष गरी अध्ययन(अध्यापन र परामर्शको क्षेत्रमा लागेका व्यक्तिहरूका लागि दिन निकै फलदायी रहनेछ।
मकर: कार्यक्षेत्र र करियरका लागि आजको दिन निकै महत्वपूर्ण र सकारात्मक रहनेछ। उच्च अधिकारी वा समाजका प्रतिष्ठित व्यक्तिहरूबाट सहयोग र प्रशंसा मिल्नेछ। नयाँ व्यवसाय सुरु गर्ने वा रोजगारीको खोजीमा रहेकाहरूका लागि शुभ समाचार प्राप्त हुन सक्छ। पारिवारिक जीवन सुखमय रहनेछ।
कुम्भ: भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक वा आध्यात्मिक कार्यहरूमा रुचि बढ्नेछ र तीर्थयात्राको योग पनि बन्न सक्छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरू सहजै अघि बढ्नेछन्। समाजसेवा र परोपकारी कार्यमा संलग्न हुने अवसर मिल्नेछ।
मीन: आज स्वास्थ्यमा अलि बढी ध्यान दिनु आवश्यक छस मौसमका कारण केही शिथिलता महसुस हुन सक्छ। कार्यक्षेत्रमा अनावश्यक दबाब वा चुनौती आउन सक्ने भएकाले संयम भएर काम गर्नुहोला। रहस्यमय वा आध्यात्मिक विषयको अध्ययनमा भने आज मन जानेछ। ऋण लेनदेन गर्दा सावधानी अपनाउनुहोला।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ रहोस्।